Monday, March 18, 2019

केही परिपत्रहरू

मिति २०६५/११/१





विषय :- परिपत्र सम्बन्धमा ।

प्रलेस नेपालको राष्ट्रिय परिषद्को तेस्रो बैठक २०६५ । १०। २५ गते काठमाडौंमा सम्पन्न भयो । बैठकले प्रलेसको आठौं राष्ट्रिय सम्मेलन सम्बन्धमा विविध निर्णयहरू गरेको छ । निर्णयहरू कार्यान्वयन गर्न गराउन हुन हार्दिक अनुरोध गर्दै यो परिपत्र गरिएको छ ।

निर्णयहरू
१. बैठकको प्रारम्भमा प्रलेसका पूर्व अध्यक्ष रमेश विकल, पर्ूव उपाध्यक्ष रुद्र खरेल, प्रलेसका सदस्य एवं साहित्यकार अग्निशिखाको असामायिक निधनप्रति दुःख व्यक्त गर्दै उहाँहरूप्रति श्रद्धाञ्जलि एवं शोकसन्तप्त परिवारजनहरूप्रति समवेदना व्यक्त गरियो ।
२. महासचिवले प्रस्तुत गर्नुभएको प्रतिवेदनलाई बैठकबाट प्राप्त सुझावहरूलाई समेट्दै परिमार्जन गर्ने गरी पारित गरियो ।
३. प्रलेसको आठौं राष्ट्रिय सम्मेलन २०६६ जेष्ठ २३ र २४ गते काठमाडौंमा गर्ने निर्णय गरिएको छ ।
४. प्रलेसका सबै शाखाहरूको अधिवेशन एवं भेला बैशाख मसान्तसम्म गरिसक्नुपर्नेछ र सदस्य एवं सम्मेलनका निम्ति छनोट भएका प्रतिनिधिहरूको विवरण जेठ १५ गतेसम्म प्रलेस केन्द्रीय कार्यालयमा उपलब्ध गराउनु पर्नेछ । सम्मेलन स्थलको जानकारी पछि गराइनेछ ।
५. सम्मेलनसम्बन्धी अन्य सबै निर्णयहरू गर्ने अधिकार केन्द्रीय सचिवालयलाई प्रदान गरिएको छ ।



अमर गिरी
महासचिव

=======================================================

प्रगतिशील लेखक सङ्घ, नेपाल
Progressive Writer's Association, Nepal
केन्द्रीय कार्यालय, काठमाण्डौं / Central office, P.O.Box: 255, Kathmandu , (014233811
Email Address:- pralesa@gmail.com


मितिः२०६५/११/२०

विषय :- परिपत्र सम्बन्धमा

प्रलेस नेपालको केन्द्रीय सचिवालयको बैठक २०६५/११/१८ गते प्रलेस केन्द्रीय कार्यालयमा सम्पन्न भयो । २०६५/११/२५ गते काठमाडौंमा सम्पन्न प्रलेस नेपालको तेश्रो राष्ट्रिय परिषद्को बैठकले प्रलेसको आठौं राष्ट्रिय सम्मलेनका सम्बन्धमा आवश्यक निर्णय गर्ने अधिकार केन्द्रीय सचिवालयलाई प्रदान गरे अनुसार सचिवालयले सो सम्बन्धमा केही आवश्यक निर्णयहरू गरेको छ । निर्णयहारूको जानकारी एवं कार्यान्वयनको निम्ति यो परिपत्र गरिएको छ ।
निर्णयहरु
१. प्रलेस केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य एवं पार्षदहरूले केन्द्रीय कार्यालयबाटै सदस्यता नवीकरण गर्नुपर्नेछ ।
२. प्रलेसको सदस्यता प्राप्त गर्न चाहने स्रष्टाहरूले आफू रहेको जिल्लाको प्रलेस शाखाबाट सदस्यता प्राप्त गर्नुपर्नेछ । शाखा गठन नभएका जिल्लाका स्रष्टाहरूले नजिकको जिल्ला वा केन्द्रीय कार्यालयबाट सदस्यता प्राप्त गर्न सक्नेछन् ।
३. प्रलेस केन्द्रीय सचिवालयले कूल सदस्य संख्याको बढीमा ५ प्रतिशतसम्म राष्ट्रिय सम्मेलनका निम्ति प्रतिनिधि मनोनीत गर्न सक्नेछ ।
४. सदस्यता शुल्कको ५० प्रतिशत रकम अनिवार्य रूपमा केन्द्रलाई बुझाउनु पर्नेछ । यसो नगरिएमा राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्व गराउन सकिने छैन ।
५. आठौं राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न महासचिव अमर गिरीको संयोजकत्वमा व्यवस्थापन समिति, उपाध्यक्ष हरिगोविन्द लुइँटेलको संयोजकत्वमा प्रचारप्रसार समिति, कोषाध्यक्ष गोपाल ठाकुरको संयोजकत्वमा आर्थिक समिति, उपाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा प्रलेस प्रकाशन समिति र सचिवालय सदस्य डा. जगदीशचन्द्र भण्डारीको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको छ ।
६. सदस्यता नवीकरणका लागि ३ वर्षो शुल्क रु. २२५/- लाग्ने छ । नयाँ सदस्यता प्राप्तिका निम्ति रु. ३००/- सदस्यता शुल्क बुझाउनु पर्नेछ ।
७. प्रलेसको आठौं राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्वका निम्ति जिल्ला शाखाहरूले सम्पूर्ण सदस्य संख्याको २५ प्रतिशत प्रतिनिधि निर्वाचित गर्नुपर्नेछ ।

.........................
अमर गिरी
महासचिव

No comments:

Post a Comment