Monday, March 18, 2019

भारतीय हस्तक्षेपका बिरुद्ध श्रस्टाहरु


श्रस्टाहरु राष्ट्रलाई आवश्यक पर्दा मिलेर लड्न पनि जान्दछन  । ०३६ सालको जन-आन्दोलनताका भवानी घिमिरेको नेतृत्वमा भएको 'सडक कविता क्रान्ति' होस् वा २०४६ सालको आन्दोलनमा पारिजात , वासु शशी , युद्धप्रसाद मिश्रहरुको नेतृत्वमा भएको २०४६ चैत्र -३ गतेको कालो पट्टी बाँध्ने कार्यक्रम होस्, २०५९/६० सालमा गणतन्त्रका लागि वरिष्ठ साहित्यकारहरु बैरागी काइला , आनन्ददेव भट्ट, निनु चापागाई , डा. तुलसी भट्टराईको नेतृत्वमा भएको 'लोकतान्त्रिक श्रष्टाहरुको संयुक्त मंच ' बाट होस् , सिर्जना र सडक दुवै स्थानबाट भिन्नभिन्न बिचार राख्ने  श्रस्टाहरु मिलेरै लडेका थिए  । यसपटक पनि  प्रगतिशील लेखक सङ्घका अध्यक्ष अमर गिरि र नेपाली लेखक सङ्घका अध्यक्ष विष्णुबिभु घिमिरेको नेतृत्वमा मिति २०७२ साल असोज २५ गते  भारतले लगाएको अघोषित नाकाबन्दीको बिरोध गर्दै भारतीय राजदुतावासमा अघिल्तिर  कालो पट्टि बाँधेर  बिरोध  कार्यक्रम सम्पन्न भयो । भारतीय हस्तक्षेपका बिरुद्धको यस  कार्यक्रममा नेपाल प्रज्ञा - प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती , वरिष्ठ साहित्यकार निनु चापागाईं , नेपाल प्रज्ञा - प्रतिष्ठानका  सदस्य - सचिव प्रा. डा. जीवेन्द्रदेव गिरी , गीता केसरी ,प्रा. डा. कुमारप्रसाद कोइराला , ईश्वरचन्द्र ज्ञवाली , प्रा.डा. ताराकान्त पाण्डेय , डा. गोविन्दराज भट्टराई , द्वारिका श्रेष्ठ , जलेश्वरी श्रेष्ठ , प्रा.  डा. जगदीशचन्द्र भण्डारी , खगेन्द्र राई, राम विनय , डा. गोपिन्द्र पौडेल , प्रा. डा. नन्दीश अधिकारी , राजेन्द्र सलभ , डा. धर्मराज अधिकारी , के.पि. पाठक , गायत्री बिष्ट ,  हरिहर खनाल , डा. राम प्रसाद ज्ञवाली ,  डा. लक्ष्मणप्रसाद गौतम,  लक्ष्मी माली , स्नेह सायमी , बासुदेव अधिकारी , मित्रलाल पंज्ञानी , मणिराज सिंह ,  रामप्रसाद पन्त , नरेन्द्रराज पौडेल , पुण्य गौतम ,  गीता त्रिपाठी , आर. एम. डंगोल , मनोज नेउपाने , प्रोल्लास सिन्धुलीय , सीता शर्मा, बलराम तिमल्सिना , गणेश भण्डारी, केशव शिलवाल , खेम थपलीया, पारस ढकाल, चेतनाथ धमला , सुशिला प्रधानाङ्ग , बाबा बस्नेत, सन्ध्या पहाडी , जयन्ति स्पन्दन , छविरमण शिलवाल , प्रध्युम्न जोशी, ज्योति जंगल , मातृका पोखरेल , बिनोद मन्जन , बिष्णु भण्डारी , पुरु लम्साल,  भाग्यशाली अधिकारी,  पुण्य घिमिरे, कृष्णदेव रिमाल , अभय श्रेष्ठ , तेजविलास अधिकारी, बालमुकुन्द कार्की , गौरी दाहाल  , शशी चालिसे, भागवत आचार्य, उमा सुबेदी, कलाधर काफ्ले, प्रेमराज शिलवाल , बैरागी जेठा , प्रकाश शिलवाल, यसोदा अधिकारी, कुशल बोगटी  लगायत ठुलो संख्यामा साहित्यकारहरुको उपस्थिति थियो । 


















































================================================================
प्रगतिशील लेखक सङ्घ , नेपालको प्रेस वक्तब्य 



============================================================
============================================================

     विभिन्न साहित्यिक/ सांस्कृतिक संगठनहरुको संयुक्त प्रेस विज्ञप्ति

मिति  : २३ असोज २०७२
नेपालमा हाल भइरहेको भारतीय विस्तारवादको अघोषित नाकाबन्दी र आन्तरिक मामिलामा अस्वाभाविक दबाबद्वारा सार्वभौमिकतामाथि नै हस्तक्षेप गर्दै नेपाली जनतामाथि गरिएको अमानवीय व्यवहार र उत्पीडनको हामी घोर विरोध र भत्र्सना गर्दछौँ । अन्तर्राष्ट्रिय विधि, परम्परा र कानुनको ठाडो उल्लङ्घन गर्दै भूपरिवेष्टित छिमेकी राष्ट्र नेपालको जनजीवनलाई नै तहसनहस पारी आफ्नो प्रभुत्व जमाउने, एकपक्षीय हित र स्वार्थ पूरा गर्ने तथा प्राकृतिक स्रोत र साधनहरूको अन्यायपूर्ण दोहन गर्ने मनसायले यो नाकाबन्दी गरिएको हो । यसो गर्नुमा हाम्रो प्रतिदिन बढ्दै गइरहेको राष्ट्रिय परनिर्भरता, खुला सीमानाको दुरुपयोग र सांस्कृतिक सम्बन्धको भ्रष्टीकरणले पनि काम गरेको छ । तसर्थ राज्यले राष्ट्रिय आत्मनिर्भरता र स्वावलम्बनको गुरुयोजना निर्माण गर्नु जरुरी छ । त्यसै गरी आधारभूत आवश्यकताका वस्तुहरूको एकपक्षीय परनिर्भरताले पनि यो उत्पीडनलाई सहयोग पुर्याएको छ । यसको तत्कालिक र दीर्घकालिक भरपर्दो विकल्प खोज्न, दुवै छिमेकी राष्ट्रसँग समान र सन्तुलित मित्रता एवम् सम्बन्ध कायम गर्न तथा वर्तमान दबाबका सामु नझुक्न हामी माग गर्दछौँ । नेपालीका घरआँगनमा आएका चाडपर्वको पूर्वसन्ध्यामा हामी राज्य समक्ष नेपाली जनताले झेलिरहेका जनजीविकाका समस्या र सङ्कटको छिटो समाधान खोज्न जोडदार माग गर्दछौँ ।
अन्त्यमा, छिमेकी राष्ट्रबाट राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्रतामाथि भएको गम्भीर हस्तक्षेपको विरोध गर्न देशभित्रका साथै अन्तर्राष्ट्रिय समुदायसमक्ष पनि हार्दिक अपिल गर्दछौँ । यसै गरी, देशभित्र तथा देशबाहिर रहेका सम्पूर्ण नेपाली स्रष्टा, संस्कृतिकर्मी तथा कलाकारहरूलाई यसको सशक्त विरोध र प्रतिवाद गर्न पनि अनुरोध गर्दछौँ । देशलाई पराधीन बनाउने पुराना असमान सन्धि–सम्झौता खारेज गर्न र पुनः त्यस्ता सन्धि सम्झौता नगर्न पनि नेपाल सरकारलाई सजग गराउँदछौँ ।
प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्ने संस्था एवम्  स्रष्टाहरु :
(१) प्रगतिशील लेखक संघ : अमर गिरी
(२) देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठान  : निनु चापागाईँ
(३) इच्छुक सांस्कृतिक प्रतिष्ठान  :  डा. जगदीश चन्द्र भण्डारी
(४) युद्धप्रसाद मिश्र प्रतिष्ठान  : वासुदेव अधिकारी
(५) घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान : गणेश भण्डारी
(६) पारिजात स्मृति केन्द्र  : लक्ष्मी माली
(७) राष्ट्रिय जनसांस्कृतिक महासंघ  : खगेन्द्र राई
(८) अखिल नेपाल जनसांस्कृतिक महासंघ  :  ईश्वरचन्द्र ज्ञवाली
(९) एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ : मातृका पोखरेल
(१०) अखिल नेपाल जनसांस्कृतिक महासंघ  :  खेम थपलिया
(११) जन साहित्यिक मञ्च  : विनोद मञ्जन
(१२) अखिल नेपाल लेखक संघ  : हिरामणि दुःखी
(१३) अखिल नेपाल लेखक संघ  : तेजविलास अधिकारी
(१४) साहित्य सन्ध्या  : भागवत आचार्य
(१५) प्रतिभा प्रवाह  : मित्रलाल पंज्ञानी
(१६) साहित्य सदन, नेपाल  : वसन्त रिजाल
(१७) रमेश विकल साहित्य प्रतिष्ठान  : विजय चालिसे
(१८) नागार्जन साहित्य प्रतिष्ठान  : प्रकाश सिलवाल
(१९) सिस्नुपानी नेपाल  : लक्ष्मण गाम्नागे
(२०) त्रिशूली वाङ्मय प्रतिष्ठान  : श्रीहरि फुँयाल
(२१) स्रष्टा समाज नेपाल  : अतृप्त पाण्डे
(२२) क्रान्तिकारी सांस्कृतिक विङ्स  : पुण्य गौतम ‘विश्वास’
(२३) उन्मुक्त पुस्ता  :  कला अनुरागी
(२४) काव्यशिविर अभियान  : प्रोल्लास सिन्धुलीय
२५) नेपाली साहित्य घर  : विष्णु भण्डारी
(२६) नेपाल साहित्यिक पत्रकार संघ  : रोचक घिमिरे
(२७) जनमत वाङ्मय प्रतिष्ठान  : मोहन दुवाल
(२८) रातो घर  : स्नेह सायमी
(२९) अभियान साहित्य प्रतिष्ठान  : छायादत्त न्यौपाने
(३०) कौशिकी साहित्य प्रतिष्ठान : चेतनाथ धमला 
http://emulyankan.com बाट साभार 

No comments:

Post a Comment