Monday, March 18, 2019

वरिष्ठ साहित्यकार शक्ति लम्सालको स्मृतिमा कार्यक्रम सम्पन्न

प्रगतिशील लेखक सङ्घ, नेपालको आयोजनामा यही २०७२ मंसिर २६ गते वरिष्ठ प्रगतिवादी साहित्यकार शक्ति लम्सालको स्मृतिमा राजधानीमा एउटा कार्यक्रम सम्पन्न भयो । प्रगतिशील लेखक सङ्घ, नेपालका अध्यक्ष अमर गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ प्रगतिवादी चिन्तक निनु चापागाईंले कमरेड शक्ति लम्साल आफ्नो वर्ग छाडेर शोषित पीडितको पक्षमा लाग्नुभएको भन्ने धारणा राख्दै उहाँ गोर्किले भनेझैं दरिलो बर्गद्रोही हुनुहुन्थ्यो भन्नुभयो । " मैले पहिलो आलोचना शक्ति दाइको बारेमै लेखेको थिएँ । शक्ति दाइसँगको मेरो सम्बन्ध राल्फा अवधिमै भैरहवामा भएको थियो । प्रगतिशील लेखक सङ्घमा पनि उहाँ उपाध्यक्ष हुँदा म कोषाध्यक्ष थिएँ ।" शक्ति लम्सालको साहित्यिक व्यक्तित्वका विभिन्न आयामहरुका बारेमा प्रष्ट पार्दै चापागाईंले भन्नुभयो ।

कार्यक्रमका अर्का वक्ता वरिष्ठ प्रगतिवादी समालोचक डा. जगदीशचन्द्र भण्डारीले कमरेड शक्ति लम्साल छद्मभेषी लेखक नभएको बिचार राख्नुभयो । " कमरेड शक्ति लम्सालले पाखण्डी पत्रकारिता पनि गर्नुभएन । उहाँको जति गर्नु भयो इमान्दारिताका साथ गर्नुभयो ।हाम्रा लागि उहाँको जीवन प्रेरणाको विषय हो । " डा. भण्डारीको धारणा थियो ।

साहित्यकार शक्ति लम्सालकि जीवन संगिनी कृष्णा लम्सालले शक्ति लम्सालसँग आफूले विताएका संघर्षशील जीवनको सम्झना गर्नुभयो ।

प्रगतिशील लेखक सङ्घ, नेपालका महासचिब मित्रलाल पंज्ञानीले संचालन गर्नुभएको उक्त कार्यक्रममा सङ्घका उपाध्यक्ष मातृका पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो । 






































========================================

शक्ति लम्सालको संक्षिप्त परिचय

नामः शक्ति लम्साल
टेकनामः रुख, गुलाब, अजय, आजाद, पथिक
जन्ममितिः १९९३ चैत २२ (७ अप्रिल, १९३६)
जन्मस्थानः चारुमार्ग, चाबहिल, काठमाडौं
बाबुआमाः सु. कृष्णप्रसाद/राधादेवी लम्साल
शिक्षाः मेट्रिक
ठेगानाः कामनपा- ४, चण्डोल (वंशीधरमार्ग)
परिवारः श्रीमती कृष्णा, छोरा सन्तोष र छोरी प्रज्ञा


राजनीतिक-सांगठनिक संलग्नताः

– २००८ सालमा भारतको तेलाङ्गना हतियारबन्द विद्रोहका नेता कृष्णचन्द्र शास्त्रीबाट कम्युनिस्ट राजनीति र विचारधाराप्रति आकर्षित ।

– २००९ मा साहित्यकार रमेश विकलले बुढीऔंलाको रगतले सहीछाप गराई सदस्यता फारम भराएपछि २०१० मा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त । प्रारम्भमा विद्यार्थी र युवक सङ्घमा आबद्ध ।

– नेपाल कम्युनिस्ट पार्टीको प्रथम अधिवेशन (२०१०, पाटन) मा चौतारा (सिन्धुपाल्चोक) बाट प्रतिनिधित्व

– २०१४ मा सम्पन्न दोस्रो महाधिवेशन (फोहरा दरबार, काठमाडौं) मा प्रतिनिधि छानिए पनि प्राविधिक कारणले सहभागी हुन नसकेको ।

– २०१८ मा सम्पन्न प्रशिद्ध दरभंगा प्लेनम (विस्तारित बैठक) मा सहभागी ।

– २०१९ मा सम्पन्न तेस्रो महाधिवेशन (मोतीमहल, वाराणसी) मा सहभागी ।

– २०४१ मा सम्पन्न पाँचौं महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी ।

– २०५१ मा सम्पन्न नेकपा (माओवादी) को तेस्रो विस्तारित बैठकमा प्रतिनिधिका रूपमा सहभागी । बैठकद्वारा केन्द्रीय सल्लाहकारमा नियुक्त ।

– सन् १९५७ मा प्रथम समाजवादी देश सोभियत सङ्घको मस्कोमा सम्पन्न सातौं विश्व युवा विद्यार्थीको सम्मेलनमा जानबाट प्राविधिक कारणले वञ्चित ।

– २०३५ देखि ०४६ सम्म नागरिक अधिकार मञ्चको संयोजक ।

– २०१३ मा पश्चिम नेपाल युवक सङ्घको प्रचारमन्त्री ।

– जनअधिकार सुरक्षा समितिका केन्द्रीय सदस्य ।
– सर्वजातीय अधिकार मञ्चका केन्द्रीय सदस्य ।
– प्रगतिशील लेखक सङ्घ (प्रलेस) का केन्द्रीय उपाध्यक्ष ।
– पारिजात स्मृति केन्द्रका संस्थापक सदस्य ।
– अखिल नेपाल जनसांस्कृतिक सङ्घका केन्द्रीय संयोजक ।
– संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिका केन्द्रीय सदस्य ।
– राष्ट्रिय जनआन्दोलन संयोजक समिति (२०५३) का केन्द्रीय सदस्य ।
– संयुक्त जनमोर्चा नेपालका केन्द्रीय सदस्य (२०४७) ।
– संयुक्त लोकतान्त्रिक मोर्चा नेपालका संस्थापक केन्द्रीय सदस्य ।
– अखिल नेपाल किसान सङ्घ तथा युवक फेडेरेसनमा समेत केही समय आबद्ध भई सक्रिय ।
– शान्ति ऐक्यबद्धता नागरिक आन्दोलन (२०६२-६३) मा संलग्न भई गिरफ्तार ।
– नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ।
– २०५४ मा जनपक्षीय पत्रकार सङ्घका केन्द्रीय संयोजक ।

– २०७२ कार्तिक २५ गते निधन ।

No comments:

Post a Comment