Monday, March 18, 2019

आख्यान र काव्य सम्बन्धी प्रशिक्षण कार्यक्रम


२०७० साल पुस २६ र २७ गते  दाङ्गको घोराहीमा सम्पन्न आख्यान र  काव्य सम्बन्धी  प्रशिक्षण  कार्यक्रमको एक झलक






































































========================================================
========================================================




==========================================================
==========================================================

 

प्रगतिशील लेखक संघ केन्द्रीय समिति र दाङ जिल्ला समितिको आयोजनामा २०७० साल पुस २६ र २७ गते  दाङ्गको घोराहीमा सम्पन्न दुईदिने काव्य र आख्यानसम्बन्धी प्रशिक्षणका सन्दर्भमा नयाँ युगबोध दैनिक पत्रिकाको सम्पादकीय --- 
साहित्यिक प्रशिक्षणको अपेक्षा 

अरु धेरै क्षेत्रमा तालिम प्रशिक्षण हुने गरे पनि साहित्य लेखनको क्षेत्रमा प्रायः कमै मात्र प्रशिक्षण हुने गर्दछन् । साहित्य रचना मानसपटलको प्रष्फूटन हो, यसका लागि खासै तालिम प्रशिक्षण चाहि“दैन भन्ने प्रचलन पनि छ । साहित्य रचना गर्न शास्त्रीय ज्ञानभन्दा सिर्जनशीलता बढी आवश्यक हुन्छ भन्ने मान्यता गलत होइन तर कुनै पनि कामका लागि शास्त्रीय ज्ञानको आवश्यकता भएजस्तै साहित्य रचनामा पनि यो जरुरी हुन्छ । साहित्य रचनाका लागि आवश्यक ज्ञान र सीपको आवश्यकता हु“दाहु“दै पनि त्यस्तो ज्ञान प्रदान गर्न विरलै मात्र तालिम प्रशिक्षण हुने गरेका छन् । औपचारिक शिक्षाका पाठ्यपुस्तकहरुमार्फत पर्याप्त मात्रामा विधागत ज्ञान सिकाइने भए पनि औपचारिक शिक्षाबाट बाहिरिसकेका वा त्योभन्दा बढी ज्ञान आर्जन गर्न चाहनेहरुका लागि खासै तालिम प्रशिक्षणको आयोजना गर्ने गरिदैन । जसले गर्दा स्रष्टाहरुले आफ्नो साहित्य रचनालाई शास्त्रीय ज्ञानको सूत्रमा ढाल्ने र तयार पारिसकेका रचना शास्त्रीय ज्ञानको सूत्रअनुरुप छन् कि छैनन् भनेर परीक्षण गर्न पाउ“दैनन् । सम्भवतः यही आवश्यकता महसुस गरेर हुनुपर्दछ, प्रगतिशील लेखक संघ केन्द्रीय समिति र दाङ जिल्ला समितिको आयोजनामा घोराहीमा दुईदिने काव्य र आख्यानसम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ, जो यस क्षेत्रका स्रष्टाहरुका लागि उपलब्धिमूलक देखिएको छ ।
प्रगतिशील स्रष्टाहरुमा विधागत लेखन सीपको विकास गर्न र प्रगतिशील साहित्यिक आन्दोलनको बुझाइमा एकरुपता ल्याउन प्रशिक्षण राखिएको आयोजकको भनाइ छ । यसलाई हेर्दा के बुझ्न सकिन्छ भने जति स्रष्टाहरुले कलम चलाइरहेका छन्, उनीहरुले शास्त्रीय ज्ञानभन्दा आफैले देखीजानी आएको सीप प्रयोग गरेर सिर्जना गरिरहेका छन् । एकाध छाडेर अहिलेसम्म स्थापित स्रष्टाहरु जति छन्, उनीहरुले आफ्नै बलबुताले गरेका सिर्जनाहरु पनि निकै सुन्दर छन् । यसमा झन् बेला–बेलामा विधागत तालिम प्रशिक्षण भएपछि रचनाहरुले उत्कृष्टता प्राप्त गर्ने अपेक्षा गर्नु अस्वाभाविक होइन । यसपटक भएको प्रशिक्षण कति फलदायी भयो त्यो त आगामी रचनाहरुले नै देखाउलान् तर पाठकहरुले पहिलेका भन्दा अझ आकर्षक र सुन्दर रचना पाउने अपेक्षा गर्नु स्वाभाविक छ । त्यसमा अझ प्रगतिशील स्रष्टाका रचनामा बढी आशा गर्नु स्वाभाविक हुनेछ किनकि उनीहरुले गर्ने रचनामा कलाभन्दा नारा बढी हुन्छ भन्ने आरोप लाग्दै आएको छ ।
प्रगतिशील स्रष्टाहरुले “साहित्य साहित्यका लागि मात्र होइन वा साहित्य मनोरञ्जनका लागि मात्र होइन, समाज रुपान्तरणका लागि हो” भन्दै आएका छन् । त्यसैले उनीहरुले गर्ने साहित्य रचनामा कलाभन्दा विचार बढी देखिनु अस्वाभाविक नहोला तर पाठक स्रोताका लागि कलात्मकढंगले व्यक्त गरिएको विचार बढी ग्राह्य हुने भएकाले प्रगतिशील स्रष्टाहरुले अझ बढी कलामा ध्यान दिनु आवश्यक देखिन्छ । कला पक्षलाई सबै स्रष्टाहरुले उत्तिकै ध्यान दिन जरुरी हुन्छ तर अन्य स्रष्टाहरुले कलामा बढी ध्यान दिने भएकाले उनीहरुका लागि भनिरहन आवश्यक छैन । जसले साहित्यलाई विचार प्रवाहको माध्यम ठान्छन्, उनीहरुले कलालाई ध्यान दिएनन् वा उनीहरुको विचार प्रवाह गर्ने शैली कलात्मक भएन भने त्यो पाठक, स्रोताका लागि ग्राह्य हु“दैन र सा“च्चिकै आरोप लाग्ने गरेजस्तो नारामै सीमित रहन पुग्छ । त्यसैले यस क्षेत्रका स्रष्टाका रचनाहरुलाई थप कलात्मक र सुन्दर बनाउन यस प्रशिक्षणले सहयोग गरेको हुनुपर्छ ।
प्रलेसले दाङमा क्षेत्रीयस्तरको साहित्यिक प्रशिक्षण गरेको र संघका केन्द्रीय पदाधिकारीहरु नै दाङमा आएको सन्दर्भमा यसको बारेमा पनि थोरै चर्चा गर्नु पनि सान्दर्भिक नै हुनेछ । सोझो अर्थमा भन्दा नेपाली कम्युनिष्ट आन्दोलनलाई साहित्यिक वैचारिक हिसाबले सहयोग गर्ने संस्था हो प्रलेस । यसले एकतावद्ध प्रयासद्वारा कम्युनिष्ट आन्दोलनभित्रका विकृति विसंगतिमाथि प्रहार गर्दै कम्युनिष्ट पार्टीहरुलाई समेत मागनिर्देश गर्दै आएको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको तीन वर्षपछि अर्थात् २००९ सालमा स्थापना भएको यो संस्था अहिलेसम्म एकतावद्ध रहनु यसको मूल पक्ष हो, जबकि नेपालका कम्युनिष्ट पार्टीहरु दर्जनौं टुक्रामा विभक्त भएका छन् । विभक्त भएका कम्युनिष्ट घटकहरुलाई एक ठाउ“मा जुटाउन प्रयत्न गर्ने र त्यो सम्भव नभए पनि सबै घटकहरुलाई मूल मर्मभन्दा बाहिर जान नदिन खबरदारी गर्ने वा मार्गनिर्देश गर्ने दायित्व यो संस्थाले पूरा गर्न सक्छ । त्यसैले यसले आयोजना गरेको प्रशिक्षणको एउटा उद्देश्य “प्रगतिशील साहित्यिक आन्दोलनको बुझाइमा एकरुपता ल्याउनु” पनि थियो । त्यो पूरा गर्ने भनेको प्रगतिशील स्रष्टाहरुमा साझा दायित्वबोधको विकास गर्दै एउटै सोचका साथ समाज रुपान्तरणको पक्षमा कलम चलाउन प्रेरित गर्नु हो, जो नेपाली समाजको अपेक्षा पनि हो ।

======================================================
======================================================

प्रगतिशील लेखक संघ केन्द्रीय समिति र दाङ जिल्ला समितिको आयोजनामा २०७० साल पुस २६ र २७ गते  दाङ्गको घोराहीमा सम्पन्न दुईदिने काव्य र आख्यानसम्बन्धी प्रशिक्षणका सन्दर्भमा नयाँ युगबोध दैनिक पत्रिकामा टीकाराम उदासीको आलेख  

दाङमा प्रलेसको साहित्यिक प्रशिक्षण

टीकाराम उदासी

 प्रगतिशील लेखक सङ्घ नेपाल नेपालको राजनीतिक, सामाजिक र साँस्कृतिक परिवर्तनको अभियानमा विगत ६ दशकबढी समयदेखि निरन्तर लागिरहेको साहित्यिक संस्था हो । साहित्यकार श्यामप्रसाद शर्माको अध्यक्षतामा २००९ सालमा स्थापना भएको यस संस्था नेपालका सबै प्रगतिशील विचार समूह र गुटउपगुटका बामपन्थी लेखकहरुको एकमात्र साझा प्राज्ञिक संस्था पनि हो । स्थापनाकालदेखि विभिन्न आरोहअवरोहहरु पार गर्दै यहाँसम्म आइपुगेको यस साहित्यिक संस्थाका केही आफ्ना सीमाहरु हुँदाहुँदै पनि नेपालको अग्रगामी रुपान्तरणका क्षेत्रमा निरन्तर सक्रिय हुनु भने सायद यसको सबैभन्दा महत्वपूर्ण प्राप्ति हो । नेपालका सबैजसो प्रगतिशील लेखक साहित्यकारहरुलाई एकै थलोमा लिएर विभिन्न साहित्यिक गतिविधिहरु सञ्चालन गरिरहेको देखिए पनि नेपालका बामपन्थी भनिएका राजनीतिक दहहरुबीचको दूरी घटाएर उनीहरुमा रहेको कटुतालाई न्यूनीकरण गर्न र देशको प्रगतिशील रुपान्तरणका क्षेत्रमा सबैलाई सहभागी गराउने दिशामा भने यसको भूमिका अझै नपुग्नु चाहिँ सायद यसको सबैभन्दा ठूलो सीमा बन्न पुगेको छ । विभिन्न समयमा यसले नेपालको प्रगतिशील आन्दोलनका प्रवृत्ति, गति र आगामी कार्यभारदेखि नेपालका विभिन्न राजनीतिक, आर्थिक र साँस्कृतिक आयामहरुमाथि बहस, अन्तक्र्रिया र छलफलहरु भने चलाउँदै आइरहेको छ । देशका प्रायः सबै क्षेत्र र जिल्लाहरुमा आफ्ना विभिन्न शाखाहरुमार्फत जिल्लास्तरीय र क्षेत्रीयस्तरका कार्यक्रमहरु सम्पन्न गरिरहेको प्रलेसले आफ्ना केन्द्रीय कार्ययक्रमहरुलाई भने राजधानीमै केन्द्रित गरिरहेको देखिन्छ । यस सन्दर्भमा यसपल्ट मध्यपश्चिमको एउटा महत्वपूर्ण प्राज्ञिक गन्तव्यका रुपमा विकसित हुँदै गइरहेको दाङमा यसले आफ्नो केन्द्रीय स्तरको साहित्यिक प्रशिक्षण र गोष्ठी गर्नु आफैमा एउटा ऐतिहासिक प्रयास हो । यसअघि २०५६÷०५७ सालमा अर्थात् आजभन्दा तेह्रचौध वर्षअघि पनि यसले यस्तै एउटा केन्द्रीय स्तरको कार्यक्रम दाङ घोराहीस्थित जनज्योति विद्यामन्दिरमा सम्पन्न गरेको थियो । सम्भवतः त्यसपछिको यो नै प्रलेसले राप्तीमा सम्पन्न गरेको सबैभन्दा ठूलो प्रकृतिको कार्यक्रम हो । यस अर्थमा यसको आफ्नै महत्व रहेको छ ।
घोराहीको सिटी प्लाजा होटलमा हिजो र आज अर्थात् २०७० पुस २६ र २७ गरी दुईदिनसम्म प्रगतिशील लेखक सङ्घ नेपाल, केन्द्रीय समिति तथा जिल्ला शाखा दाङको संयुुक्त आयोजनामा भइरहेको कविता र आख्यानसम्बन्धी प्रशिक्षण एवं कविगोष्ठीमा राजधानीबाट प्रलेसका अध्यक्ष अमर गिरीलगायत विभिन्न अग्रज लेखकहरुका साथै यस क्षेत्रका पुराना र नयाँपुस्ताका धेरै प्रतिभाहरुको जमघट रहेको देखिन्छ । राजधानीबाट झण्डै एकदर्जन स्रष्टा र यस क्षेत्रका पनि चार दर्जन बढी स्रष्टाहरुको समुपस्थितिमा चलिरहेको साहित्यिक प्रशिक्षणले निश्चय नै पुराना स्थापित स्रष्टाहरुको सिर्जनात्मक कर्मलाई अझै सक्रियता र यस क्षेत्रका नवोदित धेरै प्रतिभाहरुलाई सिर्जनात्मक उत्साह प्रदान गर्नेमा सन्देह छैन ।
आयोजक संस्था प्रलेसले कार्यक्रमका धेरै उद्देश्यहरु राखेको हुनसक्छ । ती उद्देश्यहरु के कति पूरा भए वा भएनन् भनेर पछि उसले आफ्नै प्रकारले समीक्षा पनि अवश्य गर्ने नै छ । कार्यक्रममा सहभागी स्रष्टाहरुबाट समेत यस कार्यक्रमबारे पछिपछिसम्म आ–आफ्नै शैलीका टीकाटिप्पणीहरु पनि चलिरहने छन् । साथै कार्यक्रमलाई सफल बनाउन टेवा पु¥याउने विभिन्न सरकारी निकाय, गैरसरकारी संस्था र अन्य व्यक्तिहरुले पनि यसको मूल्याङ्कन गर्नेछन् । यो प्रक्रिया स्वाभाविकै पनि हो । मलाई लाग्छ, कुनै पनि कार्यक्रमको समीक्षा गर्दा त्यसले समाजमा पार्ने दीर्घकालीन प्रभावलाई उच्च प्राथमिकता दिनुपर्छ । साथसाथै साहित्यिक कार्यक्रमको उपलव्धि भनेको कुनै भौतिक पूर्वाधारको निर्माणजस्तो मूर्त प्रकृतिको नभएर समाजको आत्मिक सुधार र बौद्धिक चेतनाको परिष्कारसँग सम्बधित हुने भएकाले यसको विश्लेषण गर्दा यसलाई पनि उत्तिकै ध्यान दिनु आवश्यक देखिन्छ । यस कोणबाट दाङमा हिजो र आज गरी दुईदिनसम्म चलिरहेको प्रलेसको प्रशिक्षण कार्यक्रमलाई हेर्दा केही सीमाका बावजुद पनि यो निकै हदसम्म सफल भएको मान्नुपर्छ । मैले यसो भन्नुका केही कारणहरु छन् । पहिलो कारण, राजधानीबाहिर सिङ्गै एउटा क्षेत्रका स्रष्टाहरुलाई एकै थलोमा भेला गरेर यस प्रकारको साहित्यिक कार्यक्रम सम्पन्न गर्नु भौगोलिक, आर्थिक र व्यवस्थापकीय सबै दृष्टिले आफैमा चुनौतीपूर्ण काम हो । यसलाई खासगरी प्रलेस, दाङ शाखा र केन्द्रको गतिलो संयोजनमा सम्पन्न गरिएको छ । दोस्रो कारण, प्रशिक्षणका सहभागीहरुमा देखिएको उत्साह र सक्रियता आफैमा प्रेरणादायी छ । तेस्रो कारण, विधागत विशेषज्ञ र यस क्षेत्रका स्थापित स्रष्टाहरुको समुपस्थितिमा सम्पन्न विधागत प्रशिक्षणका साथसाथै पूरक कार्यक्रमका रुपमा रहेको कविता गोष्ठीबाट आजका समकालीन प्रगतिशील कविताहरुको प्रवृत्ति, स्तर र स्वर पनि सुन्न पाइने अर्को महत्वपूर्ण अवसर हो । चौथो कारण, केन्द्र र मोफसलका लेखकहरुका बीचमा दुर्लभप्रायः हुने साँस्कृतिक अन्तक्र्रिया र सम्बन्ध बिस्तार पनि आफैमा महत्वपूर्ण देखिन्छ  । पाँचौं कारण, यस कार्यक्रमले दाङ पनि प्राज्ञिक अन्तक्र्रिया र सिर्जनात्मक गतिविधिका हिसाबले एउटा महत्वपूर्ण गन्तव्य स्थल हो भन्ने कुराको पुनः पुष्टि हुनपुगेको छ । छैठौं कारण, यहाँ आउने केन्द्र र अन्य क्षेत्रका स्रष्टाहरु विभिन्न विचार समूह र पुस्ताका प्रतिनिधि स्रष्टाहरु भए तापनि देशको समग्र कलासाहित्यको उन्नयन र भविष्यप्रति उत्तिकै चिन्तनशील छन् भन्ने प्रष्ट भएको छ । सातौं कारण, यसक्षेत्रका स्रष्टाहरु आफ्ना विचारप्रति प्रतिवद्ध हुँदाहुँदै पनि सामूहिक प्राज्ञिक कर्मप्रति समेत सामूहिकरुपले क्रियाशील भइरहेका छन् भन्ने कुरा प्रमाणित भएको छ । आठौं कारण, विभिन्न क्षेत्रका साहित्यिक स्रष्टाहरुलाई यहाँ जमघट गराएर यसक्षेत्रको साँस्कृतिक पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि यस कार्यक्रमले महत्वपूर्ण योगदान गरेको छ ।
हुन त दाङमा यसअघि पनि पटक–पटक विभिन्न केन्द्रीयस्तरका कार्यक्रमहरु सम्पन्न भइसकेका छन् । यस सन्दर्भमा लेखक सङ्घ दाङले डेढ दशकअघि तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा सम्पन्न गरेको राष्ट्रिय हास्यव्यङ्ग्य गोष्ठी, राप्ती साहित्य परिषद्ले दुईतीन वर्षअघि नेपाल प्रज्ञाप्रतिष्ठानसँगकै सहकार्यमा गरेको समालोचना सङ्गोष्ठीदेखि यस क्षेत्रका सबै साहित्यिक र अन्य संघसंस्थाहरुको सहकार्यमा जिल्ला विकास समिति दाङले गरेको राष्ट्रिय कविता महोत्सव आदि विशेष उल्लेखनीय रहेका छन् । यसरी राष्ट्रियस्तरका कार्यक्रमहरु यसअघि पनि विभिन्न समय र सन्दर्भमा सम्पन्न भएका देखिन्छन् । यस सिलसिलामा प्रलेसको यो पछिल्लो कार्यक्रमको आफ्नै पहिचान र महत्व रहेको छ ।
अन्त्यमा प्रलेसको केन्द्रीय नेतृत्वलाई केही सुझाव दिदा अन्यथा नहोला । पहिलो, यस प्रकृतिका कार्यक्रमहरु दाङजस्ता अलि सुविधासम्पन्न भन्न सकिने ठाउँहरुमा मात्रै होइन, देशव्यापी अभियानका रुपमा विस्तार गर्नु जरुरी छ । दोस्रो प्रतिध्रवीय साहित्यकला र संस्कृतिको आलोचना गरेर मात्रै नेपालमा प्रगतिशील कलासाहित्यको उन्नति नहुने भएका कारण यस्ता वैचारिक र सीपमूलक दुबै प्रकारका सिर्जनात्मक कार्यशाला, गोष्ठी र प्रशिक्षणहरु अझै चलाइरहनु पर्छ । त्यस्तै स्थापित प्रतिभाका सिर्जना र बहसहरुलाई मात्रै स्थान नदिएर कार्यक्रममा नयाँ पुस्ताका सिर्जनशील प्रतिभाहरुको आवाजलाई पनि उत्तिकै प्राथमिकता दिने गर्नुपर्छ । अन्तक्र्रियामुखी र प्राज्ञिक प्रकृतिका कार्यक्रमका साथै विशुद्ध सिर्जनात्मक कार्यक्रमहरु पनि निरन्तर सञ्चालन हुनुपर्छ । देशका शहरी र सुविधासम्पन्न ठाउँमा मात्रै होइन अन्य दुर्गम क्षेत्रका प्रतिभाहरुको सिर्जनात्मक क्षमता अभिवृद्धि र बौद्धिक स्तर उठाउन पनि उत्तिकै पहल आवश्यक छ । यसो भएमा मात्रै नेपालको प्रगतिशील साहित्यिक साँस्कृतिक आन्दोलनले सही दिशा र गति लिनेछ । र, यसले मात्रै ६ दशकअघि प्रलेसको स्थापना हुुँदा यसले लिएको दीर्घकालीन उद्देश्य पूरा हुनेछ । यसरी मात्रै नेपालको साँस्कृतिक सामाजिक आन्दोलन अगाडि बढ्नसक्छ, यसरी मात्रै नेपालको प्रगतिशील बौद्धिक चिन्तनले सही गति प्राप्त गर्नसक्छ अनि समाजको अग्रगामी रुपान्तरण सम्भव छ ।

======================================================
======================================================

मध्यपश्चिमस्तरीय साहित्यिक प्रशिक्षण दाङमा शुरु

युगबोध समाचारदाता

 घोराही, २६ पुस । काव्य र आख्यानसम्बन्धी प्रशिक्षण तथा कवि गोष्ठी शुक्रवारदेखि घोराहीमा शुरु भएको छ ।
प्रगतिशील लेखक संघ केन्द्रीय समिति र दाङ जिल्ला समितिको आयोजनामा शुरु भएको प्रशिक्षण आज शनिवारसम्म चल्नेछ । प्रगतिशील स्रष्टाहरुमा विधागत लेखन सीपको विकास गर्न र प्रगतिशील साहित्यिक आन्दोलनको बुझाइमा एकरुपता ल्याउन प्रशिक्षण राखिएको संघले जनाएको छ ।
प्रशिक्षण उद्घाटनमा बोल्ने अगुवा साहित्यकारहरुले राजनीतिलाई सही दिशा दिन साहित्यको भूमिका महत्वपूर्ण हुने भन्दै सोहीअनुरुप स्रष्टाहरुले साहित्य रचना गर्नुपर्ने धारणा राखे । विकृति विसंगतिमाथि प्रहार गर्दै राजनीतिलाई सही दिशामा अघि बढाउन र विभिन्न आन्दोलनबाट प्रँप्त उपलब्धिलाई संस्थागत गर्न पनि स्रष्टाहरुले भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको धारणा थियो ।
प्रशिक्षणको उद्घाटन गर्दै प्रलेसका केन्द्रीय अध्यक्ष अमर गिरीले सांस्कृतिक जगबिनाको राजनीतिक परिवर्तन दिगो नहुने बताउनुभयो । उहा“ले व्यवस्था फेरिए पनि मान्छे नफेरिंदासम्म जनताले परिवर्तनको अनुभूति गर्न नसक्ने भन्दै राजनीतिकस“गै सांस्कृतिक परिवर्तनमा पनि जोड दिनुपर्ने र त्यसका लागि स्रष्टाहरुले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । बामपन्थी दलहरु विभाजित भए पनि प्रगतिशील साहित्यिक स्रष्टाहरु विभाजित नहुनु ठूलो उपलब्धि भएको ्उल्लेख गर्दै उहा“ले प्रगतिशील साहित्यिक आन्दोलनमा देखापरेका चुनौती चिर्न सके मात्र राजनीतिक आन्दोलनले सही दिशा लिने बताउनुभयो । नेपालका बाम दललाई एकै ठाउ“मा बसेर अघि बढ्न प्रगतिशील स्रष्टाहरुले प्रेरित गर्नुपर्ने उहा“ले बताउनुभयो ।
उत्तरआधुनिकतावादको प्रतिवाद गरेर अघि बढ्न स्रष्टाहरुलाई आह्वान गर्दै अध्यक्ष गिरीले त्यसका लागि गम्भीर वैचारिक बहस चलाउनुपर्ने बताउनुभयो । बहुराष्ट्रिय कम्पनीले साहित्यको ब्यापार गर्न थालेप्रति चिन्ता व्यक्त गर्दै उहा“ले जीवन जगत बदल्ने साहित्य ब्यापारको वस्तु हुनै नसक्ने धारणा राख्नुभयो । ‘समाज रुपान्तरणका लागि उत्तरदायित्वबोधसहितको आलोचनात्मक चेतद्वारा प्रगतिशील स्रष्टाहरु अघि बढ्न जरुरी छ’– उहा“ले भन्नुभयो– ‘बाम आन्दोलनभित्र रहेका विकृतिविरुद्ध पनि आलोचनात्मक आन्दोलन अघि बढाउनुपर्छ ।’
विशिष्ट अतिथि साहित्यकार एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले बामपन्थी विचार असफल भएको नभई व्यवहार असफल भएको भन्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई संख्यात्मक मात्र होइन रुपान्तरणका हिसाबले पनि अघि बढाउनुपर्ने बताउनुभयो । प्रगतिशील साहित्यिक आन्दोलनले चेतनाको उल्लेख्य वृद्धि गरेको तर अपेक्षाकृतढंगले चेतनाको उपयोग हुन नककेकोमा उहा“ले चिन्ता व्यक्त गर्नुभयो ।
‘प्रगतिशील साहित्यिक आन्दोलनले चेतना धेरै बढाएको छ तर यो चेतना वर्षातमा डा“डाको पानी छितरिएजस्तै छितरिएको
छ’– साहित्यकार शर्माले भन्नुभयो– ‘यो चेतनाबाट जनताले के पाए भन्ने पनि अब समीक्षा गर्नुपर्छ, विचार र कर्मबीच एकरुपता आउनुपर्छ ।’ प्रगतिशील साहित्यिक आन्दोलनमा आएका नवप्रतिभाहरु एकगठ भएर जनतामा आएको चेतनालाई समाज रुपान्तरणमा उपयोग गर्नुपर्ने उहा“को सुझाव थियो ।
प्रलेस दाङका अध्यक्ष केशव थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्षहरु मातृका पोख्रेल, हिरामणि दुःखी, शशीधर भण्डारी, प्रलेस दाङका सल्लाहकार गिरिराज शर्मा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष केएल पीडित, राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष टीकाराम उदासी, लेखक संघ दाङका अध्यक्ष शंकर पौडेललगायतले बोल्नुभएको थियो ।
प्रलेसका केन्द्रीय महासचिव मित्रलाल पंज्ञानीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा उपाध्यक्ष सत्या पहाडीले विषयवस्तुबारे जानकारी गराउनुभएको थियो भने केन्द्रीय सदस्य पद्मप्रसाद शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रलेस दाङका सचिव डिल्ली मल्लले गर्नुभएको थियो ।
शुक्रवार साहित्यकारहरुनेत्र एटम, इस्माली र मातृका पोख्रेलले आख्यानबारे प्रशिक्षण दिनुभएको थियो भने आज शनिवार काव्यसम्बन्धी प्रशिक्षण र कवि गोष्ठी हुनेछ । प्रशिक्षणमा मध्यपश्चिमका विभिन्न जिल्लाका प्रगतिशील स्रष्टाहरुको सहभागिता छ ।





No comments:

Post a Comment