Monday, March 18, 2019

"नेपाली साहित्यमा राष्ट्रिय स्वाधिनचेत" बिषयक गोष्ठी सम्पन्न

प्रगतिशील लेखक सङ्घ, नेपालले यही २०७० साल माघ महिनाको १७ र १८ गते विराटनगरमा ‘नेपाली साहित्यमा राष्ट्रिय स्वाधिनता चेत’ विषयमा वृहत् विचार गोष्ठी सम्पन्न गरेको छ । प्रलेस केन्द्रीय समिति र मोरङ शाखाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मोरङ लगायत पूर्वाञ्चलका प्राय सबै जिल्लाका लेखक साहित्यकारहरूको उपस्थिति रहेको थियो । १७ गते प्रलेसका केन्द्रीय अध्यक्ष अमर गिरीले उद्घाटन गरी कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो । पहिलो सत्रमा कार्यक्रमको औचित्यको बारेमा प्रलेसका केन्द्रीय उपाध्यक्ष तथा पूर्वाञ्चल इन्चार्ज मातृका पोखरेलले बोल्नुभएको थियो भने संगठनात्मक र साहित्यिक गतिविधि र अहिलेको प्रगतिशील साहित्यको अवस्थाका बारेमा क्रमशः महासचिव मित्रलाल पंज्ञानी र उपाध्यक्ष सत्य पहाडीले जानाकारीमूलक मन्तव्य राख्नुभएको थियो । मोरङ शाखाका अध्यक्ष मिश्र वैजयन्तीको अध्यक्षतामा सम्पन्न उक्त उद्घटन सत्रको सञ्चालन गण्डकीपुत्रले गर्नुभएको थियो । साँझ कलाकारहरूले गीतसङ्गीतद्वारा कार्यक्रमलाई अझै रोचक र भव्य बनाएका थिए ।
दोस्रो सत्रमा साहित्यकार ईश्वरचन्द्र ज्ञवाली, हरिहर भण्डारी र भीम खतिवडाले आफ्नो कार्यपत्र पस्तुत गर्नुभयो । ती तिनैवटा कार्यपत्रमध्ये ईश्वरचन्द्र ज्ञवालीको कार्यपत्रमाथि साहित्यकार हेमनाथ पौडेलले, भीम खतिवडाको कार्यपत्रमाथि गोपाल सिवाकोटी र हरिहर भण्डारीको कार्यपत्रमाथि नारायण प्रसाद आचार्यले टिप्पणी गर्नुभयो ।
दोस्रो दिन भने वृहत् कविगोष्ठी आयोजना गरियो । कार्यक्रममा करिव पाँच दर्जन कविहरूले कविता वाचन गरेका थिए । वाचित कवितामाथि प्रलेसका उपाध्यक्ष हिरामणि दुःखीले समीक्षा गर्नुभएको थियो । यसरी अघिल्लो महिना दाङमा यस्तै केन्द्रीय कार्यक्रम गरिसकेको प्रलेसले करिव १५० जना कवि लेखक र साहित्यकारहरूको उपस्थितिमा मोरङमा  भव्य कार्यक्रम सम्पन्न गरी अब पोखरामा गरिने कार्यक्रमका लागि जुट्ने जनाएको छ ।


















































No comments:

Post a Comment